
काठमाडौं । नेपालगञ्जकी नकुन्नी धोवीको हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दा बाँकेको प्रहरी प्रशासनले किटानी जाहेरी नै नलिएपछि राजधानीको माइतीघरमा आमरण अनसन बसेकी रुवबी खानले अनसन तोड्की छन्।
सरकारसँग सहमति भएसँगै नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी हुन्। गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने सहमतिसँगै खानले १३ दिन लामो अनसन तोडेकी हुन्। मानअवधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन्।
यसअघि आमरण अनसनरत पक्ष र सरकारी पक्षबीच छानविन समिति बनाउने, समितिमा मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवानलाई राख्ने, ७ दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको थियो। गृहमन्त्री बालकृष्ण खाँडले आन्दोलनरत पक्षको माग संवोधन गराउन प्रहरीलाई जाहेरी लिन दिर्नेशन दिन नसकेर त्यसको बिकल्पमा छानबिन समिति गठन गरेका हुन्।
अनसन तोडेकी रुबीले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाहरुको जित भएको दाबी गर्दै समितिले सत्यतथ्य बाहिर ल्याउन नसके फेरि आन्दोलन गर्ने चेतावनी दिन दिइन्।
निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र हत्या तथा नकुन्नी धोबीको हत्या भएको भन्दै मुस्लिम समाज चेतना केन्द्रले जिल्ला प्रहरी कार्यालय, बाँकेमा जाहेरी दिएको थियो। त्यसबारे प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै रुबी नेतृत्वको टोली नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएको थियो।
काठमाडौंमा आएर धर्ना शुरु गरे लगतै प्रहरीले रुबीलाई पुनः पक्राउ गरी नेपालगञ्ज पुर्याएको थियो । प्रहरीले उनलाई अदालतबाट टुंगो लागिसकेको बहुबिवाहको मुद्दामा समेत फसाउने षडयन्त्र गरेको थियो तर तर सर्वोच्च अदालतले तत्काल रिहा गर्न आदेश दिएपछि रुबीलाई छाड्न प्रहरी बाध्य भएको थियो। प्रहरीले रुवीलाई पक्राउ गरी नेपालगंज पुर्याए पनि काठमाडौंमै राखिएको भनेर झुटो सूचना अदालतलाई दिएको थियो।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...