
विराटनगर । निरन्तरको वर्षासँगै केसलीया खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेपछि हवाई उडान र अवतरण सबै रद्द भएका छन्। बाढीले विराटनगर विमानस्थल जलमग्न भएको छ।
बाढीका कारण विमानस्थलको रनवे, ट्याक्सी वे, टर्मिनल भवन, क्वाटरमा पानी जमेको छ भने उडान तत्काल खुल्ने अवस्था नरहेको विमानस्थलले जनाएको छ। बाढी पसेपछि बुद्ध र यती एयरलाइन्सले सूचना जारी गर्दै काठमाडौदेखि विराटनगरका लागि बुधबार निर्धारित सबै उडानहरु र अवतरण रद्द गरेको जानकारी दिएका छन्।
विमानस्थलमा श्री एयरलाइन्स र बुद्ध एयरको दुई वटा विमान पार्किङ एरियामा फसेका छन्। ति विमानहरु मंगलबार विराटनगर आएका थिए। बाढी पसेपछि विमान उड्नसक्ने अवस्था छैन। २०७४ साल साउनमा आएको बाढीबाट पनि विमानस्थल डुबानमा परेको थियो।
अविरल वर्षाकै कारण विराटनगर महानगरपालिका क्षेत्रका १९ वटा वडा जलमग्न भएको छ। केसलीया र सिंघिया खोलामा आएको बाढीले विराटनगरका पश्चिम दक्षीण क्षेत्र बढी डुबानमा परेका छन्।
विराटनगर महानगरपालिका वडा नं ९ र १० बाहेक अन्य वडा जलमग्न छन्। १९ वडामध्ये विराटनगर १,२,३,४,६,१२ र १६ नम्बर वडा बढी प्रभावित भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए। मंगलबार राति विराटनगर १ बाट ६ जना र बुधबार बिहान ६ जनाको उद्धार गरिएको थियो।
मोरङमा केसलीया, सिंघीया, चिसाङ, बक्राहा र नुनसरी खोलामा आएको बाढी बस्तीमा पसेको थियो । बाढीबाट प्रभावित १५ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। विराटनगर, कटहरी, उर्लाबारी, लेटाङ, रतुवामाई, सुनबर्सी नगरका खोला किनारका बस्तीमा बाढी पसेको छ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...