जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा स्पष्ट व्यख्या नगरिएको भ्याकुमलाई उपयोग गर्दै बारम्बार प्रदेश सभालाई सम्बोधन गर्न जानु संघीयता बिरोधी क्रियाकलाप भनेर सर्बत्र आलोचना भएको छ ।
मुलुक संघीय संरचनामा गएर प्रदेशहरु स्वायत्त भए पनि प्रधानमन्त्री ओलीले राज्य अझै केन्द्रीकृत संरचनामा नै रहेको भन्दै प्रदेश सरकार र प्रदेशको प्रशासन आफू अनुकूल र आफ्नो मातहत राख्ने उदेश्यले बारम्बार प्रदेश सभामा सम्बोधनका लागि जाने गरेका छन् । प्रधानमन्त्री पदीय मर्यादाको दृष्टिकोणले प्रदेश प्रमुख, मुख्यमन्त्री भन्दा माथि नै छन् ।
प्रदेश सरकार वा प्रदेश सभाले निमन्त्रणा नै नगरी प्रधानमन्त्रीले जवर्जस्ती प्रदेश सभामा जाने र भाषण गर्ने आफ्नो ढिपी पुन देखाएका छन् । एक महिना अघि तीन नम्बर र चार नम्बर प्रदेशको प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलले बैठक नै अबरुद्ध गरिरहेको बेला सम्बोधन गर्न गएका थिए । प्रदेश सभामा उनलाई अतिथिको रुपमा नबोलाए पनि प्रधानमन्त्री ओलीले जबर्जस्ती अतिथिको रुपमा सदनमा उपस्थित हुने र आफूलाई बोल्न दिनै पर्ने बाध्यतामा पार्ने गरेको दृष्टान्त र घटनाले देखाएका छन् ।
यसको पछिल्लो उदाहरणको रुपमा शनिबार ओलीले बिबाद र समस्याका बाबजुद सुरक्षाकर्मीको घेरामा परेर प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गरे । प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलाई दबाबामा पारेर सम्बोधन गरेर आलीले सो प्रदेशमा लोकप्रीयता भन्दा बढी आलोचना व्यहोर्नु परेको छ । ओलीको यस्तो क्रियाकलापलाई नेकपाका नेता तथा पुराना एमाले नेताले व्यङ्ग्यात्मक रुपमा खुबै प्रशंसा गर्दै उपलब्धीमूलक भन्न थालेका छन् ।
आफूलाई प्रदेशसभामा असुरक्षीत महसुस गर्दै सम्बोधनमा जानुले प्रधानमन्त्री ओलीको कार्यशैली झन आलोच्य बनेको छ । संसद बैठक चलिरहेको अवस्थामा पोशाकधारी सुरक्षाकर्मी सदन भित्र प्रवेश गर्दैनन् । संसद भवन भित्र सुरक्षा व्यवस्था कायम गर्न मर्यादापालक खटाइएका हुन्छन् । मर्यादापालक सुरक्षाकर्र्मी नै भएपनि उनीहरुको पोशाक नियमित लगाउने पोशाक भन्दा छुट्टै हुन्छ ।
तर, प्रदेश २ को प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सुरक्षागार्ड नेपाली सेनाका प्रमुख सेनानी नै सैनिक पोशाकमै प्रदेशसभा बैठक भित्र प्रवेश गरेका थिए । प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गरिरहँदा नेपाली सेनाका उनका सुरक्षागार्ड रोस्टम छेउमै बसिरहे । अन्य बैठक तथा कार्यक्रमहरुमा सरकार प्रमुखको निजी सुरक्षागार्ड प्रवेश गरेपनि संसदको बैठकमा प्रवेश गरेको अहिलेसम्म देखिएको छैन ।
सुरक्षागार्ड प्रवेशसम्बन्धमा कुनै नियम कानून नभएपनि संसदीय प्रणालीमा यस्तो अभ्यास देखिएको छैन ।
संघीय संसदको बैठक हुँदासमेत सभाकक्ष भित्र प्रधानमन्त्रीका निजी सुरक्षागार्ड प्रवेश गरेको पाइँदैन् । प्रदेशसभा बैठकको क्रममा निजी सुरक्षागार्ड पोशाकमै प्रवेश गर्नु संसदीय मर्यादा विपरित रहेको जानकारहरु बताउँछन् । यस विषयमा कानुन त हुँदैन तर यो मर्यादा, प्रचलन र संस्कारको कुरा हो ।
बैठक चलि रहेकोबेला हतियार बोकेर वा पोशाकमा सुरक्षाकर्मी संसारका अन्य संसदीय प्रणाली भएका मुलुकमा पनि छैन । नेपालको संसदीय इतिहासमा अहिलेसम्म पोशाक लगाएरै सुरक्षागार्ड प्रवेश गरेको यो पहिलो घटना हो । दुई वर्ष अघि तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले संसदमा बजेट प्रस्तुतगर्नु पूर्व प्रमुख प्रतिपक्षी दल माओवादीका सांसदहरुले विरोध गरेका थिए ।
अर्थमन्त्री पाण्डेसँग रहेको ब्रिफकेस खोस्ने र सदनका कुर्सीहरु तोडफोड भएको थियो तर त्यहाँ पोशाक लगाएका सुरक्षाकर्र्मीहरु संसद भवनभित्र प्रवेश गरेका थिएनन् ।
ओलीको सम्बोधन बहिस्कार
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार गरेका विशेष सम्बोधन राष्ट्रिय जनता पार्र्टी नेपालका केही सांसदहरुले बहिष्कार गरेका छन् । राजपाका प्रमुख सचेतक परमेश्वर साहले ओली सरकारले मधेश आन्दोलनको क्रममा मधेशीलाई होच्याउने तथा मधेश आन्दोलनको क्रममा लगाइएको झुठा मुद्दा फिर्ता गर्ने आश्वासन पुरा नगरको र उनले सधैँ मधेशको पक्षमा लड्ने तर ओलीको सधैँ मधेशका जनतालाई होच्याउने प्रवृतिका अभिव्यक्तिकै कारण आफूलाई उनको सम्बोधन बहिष्कार गर्नुपरेको बताए ।
प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम २१४ को उपनियम ९२० बमोजिम प्रदेसभालाई सम्बोधन गर्ने क्रममा राजपाका ९ सांसद प्रदेशसभामा पुगेका थिए जसमध्ये तीन जनाले बहिष्कार गरी बाहिर निस्केका थिए ।
काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...