परिचय पत्र विना घर–कोठा भाडामा नदिन गृह मन्त्रालयको आग्रह – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

परिचय पत्र विना घर–कोठा भाडामा नदिन गृह मन्त्रालयको आग्रह


नयाँ विकल्प,

काठमाडौं – सरकारले परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ ।

गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा विदेशी नागरिक घुसपैठ गरी नेपाल आएर बस्न थालेपछि परिचय पत्र नभएका व्यक्तिलाई घर, कोठा भाडामा नदिन आग्रह गरेको हो ।
कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको भन्दै पहिचान खुल्ने परिचय पत्र नभएका कसैलाई पनि घर, अपार्टमेन्ट, कोठा भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन भनिएको छ ।

यस्तै पहिचान नखुलेका विदेशी नागरिक देखिएमा वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक ८, २१: २७

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ कार्तिक ८, २१: २७

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ कार्तिक ८, २१: २७

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...