सहमतिका आधारमा पार्टी सभापति बन्ने बरिष्ठ नेता पौडेलको दाबी – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

सहमतिका आधारमा पार्टी सभापति बन्ने बरिष्ठ नेता पौडेलको दाबी

नयाँ विकल्प,
बाँके – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न महाधिवेशनमा आफू फेरि सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका छन्।

अहिले धेरैजना सभापतिको दाबेदार देखिए पनि अन्तिममा सहमतिका आधारमा आफूमात्रै उम्मेदवार हुने दाबी समेत उनले गरे ।

नेपाल प्रेस युनियन बाँकेले सोमवार आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले पार्टीलाई वैधानिक सङ्कटमा फस्न नदिन छिटो भन्दा छिटो महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको बताए ।

फरक प्रसङ्गमा नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि गम्भीर आरोप लागेको भन्दै त्यसलाई उनले स्पष्ट पार्नुपर्ने बताए ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ कार्तिक ८, २२: २७

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ कार्तिक ८, २२: २७

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक ८, २२: २७

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...