जलवायु परिवर्तनसम्बन्धी कोप सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्रीले भाग लिने – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

जलवायु परिवर्तनसम्बन्धी कोप सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्रीले भाग लिने


नयाँ विकल्प,

काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन कोप–२६ मा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् ।

आउँदो कात्तिक १४ देखि २६ गतेसम्म अमेरिकाको ग्लास्गो सहरमा हुने सम्मेलनमा प्रधानमन्त्री देउवाको नेतृत्वमा उच्चस्तरीय टोली सहभागी हुने तय भएको हो ।

कोप सम्मेलनमा नेपालबाट १२ वर्षपछि कार्यकारी प्रमुखले भाग लिने निश्चित भएको हो ।

यसअघि डेनमार्कको कोपनहेगनमा सन् २००९ मा भएको कोप १५ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल कार्यकारी प्रमुखको हैसियतमा सहभागी भएका थिए ।

सम्मेलनमा प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या, जलवायुजन्य नोक्सानी, जलवायु अनुकूलन, विकसित देशहरूको दायित्वलगायत विषयमा सम्बोधन गर्ने भएका छन् ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ कार्तिक ८, २२: ४०

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ कार्तिक ८, २२: ४०

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक ८, २२: ४०

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...