प्रेस विरोधी ऐनविरुद्ध महासंघ आन्दोनमा – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

प्रेस विरोधी ऐनविरुद्ध महासंघ आन्दोनमा

काठमाडौं । मुलुकी फौजदारी संहिता २०७४ र मुलुकी (देवानी) संहिता २०७४ लाई मैत्रीपूर्ण बनाउन नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । यही भाद्र १ गतेदेखि लागु भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिता २०७४ तथा गोपनीयताको हक विरुद्धको कसुर सम्बन्धी व्यवस्थामा केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्ने भन्दै नेपाल पत्रकार महासंघले चरण्बद्ध आन्दोलनको घोषणा गरेको हो ।

जसअनुसार नेपाली पत्रकारिता क्षेत्रका व्यक्तिहरुसँग छलफल अन्तरक्रिया, प्रदेशस्तरीय ज्ञापनपत्र तथा संघीय संसदमा ध्यान आकर्षण गराउँदै राजनैतिक दलका शिर्षनेताहरुलाई ज्ञापनपत्र बुझाउने लगायत संघीय संसद अगाडि धर्ना दिने कार्यक्रम घोषणा समेतको कार्यक्रम तय गरेको छ । महासंघले संशोधन नभएसम्म सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि संहिताका बुंदाहरु कार्यान्वयन नहुने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

साथै सरकारी सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक बृद्धी र सरकारी सञ्चारमाध्यका पत्रकारहरुलाई विनाकारण निस्कासित गरिएको हुँदा पूर्नबहाली गर्न समेत सरकारसँग जोडदार माग गरेको छ ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७५ भाद्र ११, ०८: ५६

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७५ भाद्र ११, ०८: ५६

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७५ भाद्र ११, ०८: ५६

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...