काठमाडौं । मुलुकी फौजदारी संहिता २०७४ र मुलुकी (देवानी) संहिता २०७४ लाई मैत्रीपूर्ण बनाउन नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । यही भाद्र १ गतेदेखि लागु भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिता २०७४ तथा गोपनीयताको हक विरुद्धको कसुर सम्बन्धी व्यवस्थामा केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्ने भन्दै नेपाल पत्रकार महासंघले चरण्बद्ध आन्दोलनको घोषणा गरेको हो ।
जसअनुसार नेपाली पत्रकारिता क्षेत्रका व्यक्तिहरुसँग छलफल अन्तरक्रिया, प्रदेशस्तरीय ज्ञापनपत्र तथा संघीय संसदमा ध्यान आकर्षण गराउँदै राजनैतिक दलका शिर्षनेताहरुलाई ज्ञापनपत्र बुझाउने लगायत संघीय संसद अगाडि धर्ना दिने कार्यक्रम घोषणा समेतको कार्यक्रम तय गरेको छ । महासंघले संशोधन नभएसम्म सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि संहिताका बुंदाहरु कार्यान्वयन नहुने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
साथै सरकारी सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक बृद्धी र सरकारी सञ्चारमाध्यका पत्रकारहरुलाई विनाकारण निस्कासित गरिएको हुँदा पूर्नबहाली गर्न समेत सरकारसँग जोडदार माग गरेको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...