सरकारद्धारा अमेरिका, भारत र बेलायतसलागि राजदूत सिफारिस – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

सरकारद्धारा अमेरिका, भारत र बेलायतसलागि राजदूत सिफारिस


नयाँ विकल्प,

काठमाडौं – सरकारले अमेरिका,भारत र बेलायतका लागि नेपाली राजदूत नियुक्ति सिफारिस गरेको छ ।

नेपाली राजदूतमा डा.शंकर शर्मा, बेलायतका लागि राजदूतमा ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि राजदूतमा प्रा.श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।

त्यस्तै, बैठकले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारत भ्रमणको स्वीकृति दिने, निर्णय गरेको छ ।

नेपाली सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने र सुनकोसी मरिन डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिने लगायतको निर्णय गरिएको छ ।

बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखापरीक्षक पदमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ कार्तिक ११, २०: ३३

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...

गगनको सम्बोधन : सरकारलाई खबरदारी, देउवा समूहको भेलाबाट आलोचना गर्नेलाई दिए जवाफ
गगनको सम्बोधन : सरकारलाई खबरदारी, देउवा समूहको भेलाबाट आलोचना गर्नेलाई दिए जवाफ
  • २०७८ कार्तिक ११, २०: ३३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार सञ्चालनमा देखिएको शासकीय अराजकता, विधिको शासन, आर्थिक अनुशासन, नागरिकका दैनिक समस्या...

शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्छौँ : मन्त्री पोखरेल
शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्छौँ : मन्त्री पोखरेल
  • २०७८ कार्तिक ११, २०: ३३

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शिक्षा क्षेत्रका समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका...