
नयाँ विकल्प,
काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएको भन्दै टिप्पणी गरेका छन् ।
पूर्वराष्ट्रपति यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गरे ।
विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको काठमाडौंमा एक कार्यक्रमका बीच विमोचन गर्दै उनले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान सरकारले गर्नुपर्ने बताए ।
न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँर्याएको बताए ।
उनले सारा न्यायाधीशहरु, नेपाल बार, कानुनविद्हरु एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश राणालेले कसको आडमा भनेका हुन भनेर प्रश्न समेत गरेका छन् ।
न्यायालयमा सारा न्यायाधीशहरु एकातिर बुद्धिजीविहरु एकातिर संविधानविद्हरु, कानुनविद्हरु एकातिर भएर भएको बेलामा प्रधानन्यायाधीश राणाले को एक्लै बेन्च बच्न नसक्ने बताएका छन् ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...