
एजेन्सी
काठमाडौं– स्कटल्यान्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन सुरु भएको छ ।
जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण ठानिएको कोप २६ सम्मेलनमा आइतवार आजदेखि औपचारिक समारोह हुने छ ।
सोमवार अर्थात भोलिदेखि विश्व नेताहरुले छलफल र बहसको काम सुरु गर्नेछन् ।
जैविक इन्धनको प्रयोगसहित मानवीय कारणले विश्वको तापमान बढिरहेका बेला वैज्ञानिकहरुले जलवायु विपद् छल्न आपत्कालीन कार्यहरु आवश्यक रहेका बताइरहेका छन् ।
सन् २१०० भित्र औसत तापमान वृद्धिलाई एक दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य तय गरिए पनि यतिखेर विश्वको तापमान दुई दशमलव ७ डिग्री सेल्सियसले बढिरहँदा त्यसले जलवायु परिवर्तनको दुर्भाग्यपूर्ण समस्या आउन सक्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...