
नयाँ विकल्प,
काठमाडौं–सरकारले चाडबाडका समयमा भिडभाड बढ्न सक्ने भएकाले कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य र सुरक्षाका मापदण्डलाई व्यवस्थित रूपमा कार्यान्वयन गराउने निर्णय गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमवार सिंहदरबारमा रहेको गृह मन्त्रालयमा भएको बैठकले सबै सम्बन्धित मन्त्रालय र निकायलाई मापदण्डलाई थप सजगताका साथ पालना गराउन आग्रह गर्ने विषयमा छलफल भएको हो ।
केन्द्रीय सुरक्षा समितिको अनौपचारिक बैठकले लापर्बाही गर्दा कोभिड बढेका विगतका अनुभवबाट पाठ सिक्नुपर्ने जनाउँदै अहिले निषेधाज्ञा वा कुनै आदेश जारी भने नहुने बताए ।
बैठकमा रक्षा मन्त्री डा मीनेन्द्र रिजाल, परराष्ट्र मन्त्री डा नारायण खड्का, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...