
नयाँ विकल्प,
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वर्तमान समयमा लगानी गर्न राम्रो वातावरण रहेको बताएका छन् ।
विशेषगरी क्लिन इनर्जीको क्षेत्रमा लगानी गर्नका लागि नेपाल सबैभन्दा राम्रो गन्तव्य रहेको उनको भनाई छ ।
स्कटल्याण्डको ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना (यूएनएफसीसीसी)को २६ औं सम्मेलन ९कोप–२६० मा सहभागी हुन बेलायत पुगेका प्रधानमन्त्रीले लण्डनमा पत्रकारहरुसँगको भेटमानेपालको लगानीमैत्री वातावरणका रहेको बताएका हुन् ।
वातावरणमैत्री हाइड्रो पावरमा लगानी गर्नका लागि नेपाल सबैभन्दा उचित स्थान भएको उनले बताए ।
पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जलविद्युत लगायतका माध्यामबाट क्लिन इनर्जीको प्रयोग गरेर दीगो विकासमा टेवा पुर्याउनुपर्ने पनि उनको भनाइ छ।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...