
नयाँ विकल्प्,
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् ।
नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन् ।
पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०र५० प्रतिशतभन्दा बढी ल्याउनैपर्छ, त्यसको तयारी गर्नुहोस्, एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ ।” नेकपा एमाले बहुमतको सङ्कल्पका साथ अघि बढेको भन्दै उनले कसैको तागतले रोक्न नसक्ने बताए ।
पार्टीको अधिवेशनमा पारस्परिक अन्तरविरोधलाई त्यागेर भविष्यका लागि मिलेर जान आवश्यक रहेको उनले बताए ।
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजार दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी...
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...