
नयाँ विकल्प,
काठमाडौं, – प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
संयुक्त अधिराज्य बेलायतको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन कोप–२६ अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा भाग लिन पुगेका उनीहरुबीच मगंलबार भेटवार्ता भएको हो ।
भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले बताए ।
भेटवार्तामा शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने, द्विपक्षीय संस्कृति मजबुद बनाउनेलगायत विषयमा कुरा भएको थियो ।
भेटमा श्रीलङ्काली राष्ट्रपति राजपाक्षेले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको र त्यसमा नेपालको सद्भाव होस् भन्ने चाहना राखेको सचिव पौड्यालले बताए ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...