
नयाँ विकल्प,
काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २६)मा सहभागी राष्ट्र प्रमुखहरुले जलवायु परिवर्तनको विषयलाई निकै नै गम्भीरतापूर्वक लिएका नेपालको तर्फबाट बैठकमा सहभागी प्रतिनिधि मण्डलका एक सदस्यले बताएका छन् ।
ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन चलिरहेको छ । यो सम्मेलनमा नेपाललगायत विश्वका एक सय २० देशका राष्ट्र प्रमुख तथा प्रतिनिधि मण्डलको सहभागिता रहेको छ ।
नेपाल प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा यो सम्मेलनमा सहभागी छ । सम्मेलनमा जलवायु परिवर्तनले पारेको असर र यसले भोलिका दिनमा निम्त्याउन सक्ने विपत्तिको बारेमा छलफल गरिरहेको छ ।
यसै सन्दर्भमा सम्मेलनमा नेपालको तर्फबाट सहभागी प्रतिनिधि मण्डलका एक सदस्यले आज हामीसँग कुरा सम्मेलनमा सहभागी राष्ट्रहरुले निकै नै गम्भीरतापूर्वक भाग लिइरहेको बताए ।
उपस्थित राष्ट्र प्रमुख तथा प्रतिनिधिहरु जलवायु परिवर्तनले खतरा उत्पन्न गराउन सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने उनले बताए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...