नेपालको प्रजातन्त्र कम्पनीको रूपमा विकसित भयोः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

नेपालको प्रजातन्त्र कम्पनीको रूपमा विकसित भयोः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

नयाँ विकल्प्,

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रूपमा विकसित भएको बताएका छन।

बुधवार काठमाडौंमा आयोजित ‘नेपालको राजनीतिक सन्दर्भ घटनाक्रमहरूको सङ्गालो’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रूपमा विकसित भएको बताए । ।

उनले प्रजातन्त्र दलहरुको बाँडफाँडमा परेको बताए ।

राजनीतिक दलहरुले हरेक विषयको निर्णय गर्दा आफ्नो भागमा के पर्छ भन्ने स्वार्थले हेर्ने गरेको उनले बताए । प्रजातन्त्र नागरिकलाई नभइ केवल दलहरुलाई मात्रै आएको श्रेष्ठको भनाइ छ ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले राजनीतिक दलहरुले नागरिकलाई तर्साउँदै हिँडेको बताए ।

राजनीतिक दलहरुले नागरिकमाथि आफ्नो अधिपत्य जमाउनका लागि थर्काउने र तर्साउने गरेको उनले बताए ।


पूर्वप्रधानन्यायाधीश श्रेष्ठले वर्तमान संविधानको कार्यान्वयन गर्नका लागि राज्य आर्थिक रूपले सुदृढ हुनुपर्ने बताए ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ कार्तिक १७, २२: ०२

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ कार्तिक १७, २२: ०२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ कार्तिक १७, २२: ०२

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...