
नयाँ विकल्प,
काठमाडौं– नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
आइतवार देशभरका बार इकाइका पदाधिकारीहरुसँगको भर्चुअल छलफलपछि बार विज्ञप्ति निकाल्दै भोलि अर्थात सोमवारदेखि न्यायालय शुद्धीकरण गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।
बार एसोसिएशनले सर्वोच्च अदालत केन्द्रित कालो पट्टीसहितका विरोध कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
कात्तिक १४, १५, १६ र १७ गतेको सर्वोच्च अदालत केन्द्रित कालो पट्टीसहितको विरोध कार्यक्रमहरु सम्पन्न भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यही कात्तिक २२ गतेदेखि पनि पुनः निरन्तरता दिइने भन्दै काठमाडौं उपत्यकामा भएका सम्पूर्ण कानुन व्यवसायीलाई कार्यक्रममा उपस्थित भइ न्यायपालिकाको शुद्धीकरण अभियानमा एक घण्टा कालो पट्टीसहितको विरोध कार्यक्रममा सरिक भइदिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...