महासमिति बैठक सार्न देउवालाई पौडेलको साथ – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

महासमिति बैठक सार्न देउवालाई पौडेलको साथ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्का असन्तुष्ट नेता रामचन्द्र पौडेलको सहमतिमै महासमिति बैठक तीन महिनापछि धकेलेका छन् ।

कांग्रेस केन्द्रीय कार्य समितिको गत साता बसेको बैठकले भदौ महिना भित्रै गरिने भनी पाँच महिनाअघि भएको केन्द्रीय कार्य समितिको बैठकको निर्णय उल्टाउँदै महासमिति बैठक आगामी ५ देखि ९ मंसिरसम्म काठमाडौंमा गर्ने तय गर्न पौडेलले नै देउवालाई साथ दिएको चर्चा कांग्रेसमा हुने गरेको छ ।

यस्तै विधान मस्यौदा समितिमा समेत दुई जना जिल्ला सभापतिलाई स्थायी आमन्त्रीत सदस्य राख्नु पर्ने पौडेलको प्रस्ताव देउवाले माने बापत देउवाले पनि महासमिति सदस्य दुई महिनापछि सार्न सर्त अघि सारेको कांग्रेसका एक नेताले बताए । सभापति देउवाले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति बनाउँदा सहमती गरेभन्दा बढी संख्या राखेर बनाइएको भन्दै वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौलाले असहमती राखेका थिए ।

पछि देउवाले पौडेल र सिटौलाको प्रस्तावलाई स्वकार गर्दै २ जना जिल्ला सभापति राख्ने सहमति गरेका थिए । देउवाले २ जिल्ला सभापति राख्ने सहमति दिए पनि उनीहरुलाई समिति सदस्य नभएर स्थानीय आमन्त्रित सदस्यको हैसियत दिने निर्णय गराएका छन् ।

गत बैशाख १६ गतेको केन्द्रीय कार्य समिति बैठकले महासमिति बैठक भदौमहिना भित्र गरिसक्ने निर्णय गरेको थियो । समितिमा बस्ने सदस्यको बिषयलाई लिएर सभापति देउवासँग नेता पौडेल र सिटौलाबीच सहमति हुन नसकेपछि समिति गठनमा ढिलाई भएको थियो । सभापति देउवा र पौडेलबीच करिव ४ घण्टा लामो छलफलपछि मस्यौदा समितिमा २ जना जिल्ला सभपातिलाई राख्ने सहमति भएको थियो । दुई जिल्ला सभापति राख्ने बिषयलाई लिएर सभापति देउवा पौडेलबीच एक सातापछि सहमति जुटेको छ ।

नेता पौडेलले कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनलाई समितिमा राख्ने प्रस्ताव गरेबमोजिम उनी समितिमा परेका छन् । नेता सिटौला र अर्जुननरसिंह केसीले जगदीश्वरनरसिंह केसीलाई सदस्यमा राख्न दबाब दिएका थिए । सिटौला र केसीको दबाब खेप्न नसकेका नेता पौडेलले सभापति देउवालाई आफूलाई दुबै जिल्ला सभपतिहरु समितिमा सिफारिस गर्न दिन आग्रह गरेका थिए । तर पोडेलको आग्रहलाई भने देउवाले मानेनन् । समितिमा दुई सदस्य चयन गर्न पार्टी सभापति देउवा अन्ततः सफल भएका छन् । उनले ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्यलाई समिति सदस्यमा चयन गरेका छन् ।

त्यसैगरी सचिवमा केशव रिजाललाई र प्रवक्तामा रमेश लेखकलाई यसअघि नै नियुक्त गरिएको छ भने तीन वटा उपसमितिति गठन भएको छ । प्रत्येक समितिमा ४ जना रहने व्यवस्था गरिए पनि कसैलाई जिम्मेवारी दिइएको छैन । दुवै नेताबीच अर्का असन्तुष्ट नेता सिटौलासँग सल्लाह र सहमति नगरी अनुशासन समिति र केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने सहमति भएपछि पौडेलले ४० प्रतिशत सदस्य कार्य सम्पादन समितिमा पाउने छन् । कार्य सम्पादन समिति र अनुशासन समिति भने आगामी २१ भदौमा बस्ने बैठकले निर्णय गर्ने सानेपा स्रोतले बतायो ।

सम्बन्धित समाचार

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन
  • २०७५ भाद्र १८, ०९: ११

काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । डोल्माको नियुक्तिको विरोधमा सोमबार...

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
  • २०७५ भाद्र १८, ०९: ११

काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
  • २०७५ भाद्र १८, ०९: ११

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।...