माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने

नयाँ विकल्प,

काठमाडौं – नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।

नेकपा माओवादी केन्द्रको मंगबार बसेको स्थायी कमिटी बैठकले पार्टीको आउँदो राष्ट्रिय महाधिवेशन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो ।


त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरुका सम्बन्धमा भने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरेर टुङ्गो लगाउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।


बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको समेत प्रवक्ता महराको भनाइ छ ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ कार्तिक २३, २०: ३४

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ कार्तिक २३, २०: ३४

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ कार्तिक २३, २०: ३४

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...