एमसीसी फिर्ता लैजान अमेरिकासँग वामदेव गौतमको आग्रह – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एमसीसी फिर्ता लैजान अमेरिकासँग वामदेव गौतमको आग्रह

नयाँ विकल्प,

काठमाडौं–नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी फिर्ता लैजान अमेरिकासँग आग्रह गरेको छन् ।
बुधवार एक विज्ञप्तिमार्फत जारी गर्दै नेकपा एमाले परित्याग गरेर नेता गौतमले एमसीसी फिर्ता लैजाँदा राम्रो हुने बताएका छन्।

एमसीसीसँग बारे नेपाली नागरिकले अमेरिकाप्रति गम्भीर आशङ्का व्यक्त गरिरहेका भन्दै उनले एमसीसी फिर्ता लैजान अमेरिकासँग आग्रह गरेका हुन् ।

‘यो सम्झौताले नेपालका छिमेकी देशहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शङ्का व्यक्त भइरहेको देखिन्छ । सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शङ्का गर्न थालिएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेता गौतमले यी अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको बताएका छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ कार्तिक २४, १९: ५५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ कार्तिक २४, १९: ५५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ कार्तिक २४, १९: ५५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...