
नयाँ विकल्प,
काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाद्धारा बिहीवार जारी गरिएको विज्ञप्तिमा १५ दिनको अन्तरालमा दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर नागरिकलाई मारमा पारेको भन्दै मूल्यवृद्धि फिर्ता लिन माग गरिएको छ ।
‘ढुवानी खर्च वृद्धि भइ बजारमा उपभोग्य वस्तुको मूल्य वृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयप्रति नेविसङ्घ खेद व्यक्त गर्दछ’, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेविसङ्घले नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्न माग गरेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...