
नयाँ विकल्प,
भोजपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा बनाउने बताएका छन् ।
माओवादी केन्द्र भोजपुरले शुक्रवार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले न्यायालय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो नभएको बताएका छन् ।
सर्वोच्च अदालतभित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन उनले बताए ।
अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म नै जाने बताउँदै उनले आवश्यक परे चुनाव पछाडिसम्म पनि जान सकिने धारणा राखे ।
पालिकाको चुनाव निर्वाचन आयोगले चैतमा तोकेको भए पनि संविधानअनुसार ६ महिना अघि–पछिसम्म पनि सार्न सकिने अध्यक्ष प्रचण्डले बताए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...