
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औँ महाधिवेशन मूल तयारी समिति गठन गरेको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा आइतवार बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति देउवाको नेतृत्वमा पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु, सङ्घीय संसद्का सदस्यहरु, सात वटै प्रदेश संसदीय दलका नेताहरु महाधिवेशन मूल तयारी समितिको सदस्य रहने निर्णय पनि बैठकले गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
त्यसैगरी बैठकले पार्टीको नीति र कार्यक्रम निर्धारण गर्न छुट्टै महाधिवेशन आयोजना गर्ने निर्णय पनि गरेको छ । नेपाली कांग्रेसले सात वटै प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोेकेको छ । जसअनुसार प्रदेश १ मा प्रदेश अधिवेशन सम्पन्न गर्न पार्टीका नेता कृष्णप्रसाद सिटौलालाई संयोजकको जिम्मेवारी दिइएको छ भने अधिवेशन विराटनगरमा आयोजना हुनेछ ।
प्रदेश २ को अधिवेशन जनकपुरमा हुनेछ र त्यसको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य रमेश रिजालले पाएका छन् ।। वाग्मती प्रदेशको संयोजक पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह र ठाउँ हेटौँडा तोकिएको छ ।
गण्डकी प्रदेशको प्रदेश अधिवेशनका लागि संयोजकमा पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र ठाउँ पोखरा तोकिएको छ । लुम्बिनी प्रदेशको संयोजक बालकृष्ण खाण र ठाउँ बुटवल, कर्णाली प्रदेशको अधिवेशन सम्पन्न गराउन केन्द्रीय सदस्य जीवनबहादर शाही संयोजक र ठाउँ सुर्खेत तोकिएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न गराउन दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकिएको र ठाउँ धनगढी तय गर्ने काम पनि पार्टी केन्द्रीय कार्यसमितिको बैठकले गरेको प्रवक्ता शर्माले बताए ।
उनले तोकिएका संयोजकहरूले प्रदेश अधिवेशनको अध्यक्षता गर्ने र त्यो अधिवेशनमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, प्रदेश सभाका संसदीय दलका नेता र प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरु, संयोजक र उपसंयोजकहरु, नगरपालिकाका मेयर र उपमेयरहरु, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु सहभागी हुनेछन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...