
नयाँ विकल्प,
काठमाडौं– परराष्ट्रमन्त्री डा.नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानी अर्थात् पासपोर्टको सम्मान बढाउन लागिपर्ने बताएका छन् ।
बुधवार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री खड्काले विगतका दिनमा नेपाली राहदानीका कारण नेपालीले अपमान महसुस गर्नुपरेको स्वीकार गर्दै अब सरकारले नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताए।
देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उनले बताए । नेपाल र अन्य धनीमानी भनिने देशहरुलाई एउटै बाकसमा राखेर व्यवहार गर्ने खालको सम्मान नेपाली राहदानीमा थप्ने मन्त्री खड्काले बताए ।
मन्त्री खड्काले देशलाई आर्थिक रूपमा विकास गरेर नेपाली नागरिकको छवि र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा कायम गराउने बताए ।
सरकारले आजदेखि देशभर ई–पासपोर्ट परीक्षणका रूपमा वितरण सुरु गरेको छ । राहदानी विभागमा आज आयोजना गरिएको पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रममा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले संस्कृतिविद् सत्यमोहन जोशीलाई नेपालको पहिलो ई–पासपोर्ट प्रदान गरेर वितरण सुरु गरेका हुन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...