
नयाँ विकल्प,
कास्की- नेपाली कांग्रेसको कास्की क्षेत्र नं ३ को अधिवेशनबाट सभापतिमा मनोज गुरुङ विजयी भएका छन् ।
उनले प्रतिस्पर्धी खिमलाल बाँस्तोलालाई पराजित गर्दै क्षेत्रीय कार्यसमितिको नेतृत्व हासिल गरेका हुन् । गुरुङ ३८३ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी बाँस्तोलाले ३१८ मत प्राप्त गरे ।
पार्टीको सचिव पदमा मोखबहादुर तामाङ र लक्ष्मी प्रसाद पौडेल विजयी भएका छन् । सहसचिवमा शीतल अधिकारी र आइन्दल गुरुङ विजयी भएका छन् ।
यसअघि नै घोषित परिणामअनुसार कास्की क्षेत्र नं १ को सभापतिमा राजेन्द्रमणि लामिछाने र क्षेत्र नं २ को सभापतिमा केशव प्रसाद निर्दोषी विजयी भएका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...