रामकृष्ण खाँण कांग्रेसको रुपन्देही सभापतिमा निर्विरोध निर्वाचित – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

रामकृष्ण खाँण कांग्रेसको रुपन्देही सभापतिमा निर्विरोध निर्वाचित

नयाँ विकल्प,

बुटवल । रामकृष्ण खाँण नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । सभापति पदमा खाँणको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन समिति जनाएको छ।
गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ समेत रहेका खाँण यसअघि जिल्ला सचिव थिए । पार्टीको अधिवेशनलाई लक्षित गरी गृहमन्त्री खाँण झण्डै एकसाता रुपन्देहीमै बसेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र क्षेत्र नंं ५ का प्रतिनिधिसभा सदस्य भरत शाह लगायतसँग छलफल गरेर निर्विरोध गराएका हुन् ।

उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे र डा अनिता शाह निर्विरोध भएका छन् । अनिता भरत शाहकी श्रीमती हुन् ।

सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएका निर्वाचन समितीले जनाएको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ मंसिर ११, १९: ५०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ मंसिर ११, १९: ५०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ मंसिर ११, १९: ५०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...