
नयाँ विकल्प,
काठमाडौं । नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापतिमा रमेश महत १० मतान्तरले विजयी भएका छन् ।
महतले डा केदारनरसिंह केसीलाई १० मतले पराजित गरि महत विजयी भएका हुन् । महतले ८३३ र केसीले ८२३ मत प्राप्त गरेको जिल्ला निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित सभापति महत कांग्रेस नेता डा।रामशरण महतका भतिजा हुन् भने पराजित केसी अर्जुननरसिंह केसीका भाइ हुन् ।
यस्तै यसपटक जिल्ला सभापतिमा पराजित केदार अर्जुनका भाइ र जगदिश्वरका दाइ हुन् । नुवाकोटमा लामो समयदेखि केसी र महत परिवारबीच राजनीतिक लडाई चल्दै आएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...