
नयाँ विकल्प,
काठमाडौं – बुढानिलण्ठ नगरपालिका ५ स्थित पञ्चकन्या मन्दिर नजिकैबाट प्रहरीले रक्त चन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका २७ वर्षीय रामकुमार खत्री र पोखरा घर भएका ४० वर्षीय गंगाबहादुर पुन छन् ।
उनीहरुलाई ४४ लिटर प्रतिबन्धित रक्तचन्दनको तेलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट नेपालगञ्जको बाटो हुँदै उनीहरुले रक्तचन्दनको तेल काठमाडौंमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सो तेल चिनमा महङ्गोमा बिक्री हुने आश्वासन देखाएर उनीहरुले बेच्न खोजेका थिए ।
सादा पोसाकमा खटिएका प्रहरीलाई प्रतिलिटर ३ लाखमा बेच्नेगरी डिल मिलेपछि उनीहरु पक्राउ परेका हुन् । महाशाखाले मंसिर १० मा पनि तिलगंगाबाट ३३ लिटर रक्तचनन्दनको तेल सहित १० जनालाई पक्राउ गरेको थियो ।
त्यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौंले पनि मंसिर १४ मा ४ लिटर रक्त चन्दनको तेल सहित सिन्धुपाल्चोकका छिरिङ शेर्पालाई पक्राउ गरेको थियो । यसअघि काठ र धुलो बनाएर चीनतर्फ रक्तचन्दन तस्करी हुने गरेको थियो । अहिले तेल बनाएर तस्करी हुन थालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...