
नयाँ विकल्प,
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष पशुपतिशम्शेर राणाले चुनावको परिणाम स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
चुनावद्वारा नेतृत्व चयन गरिएको भन्दै यो परिणामलाई स्वीकार गरेर पार्टीका सबै नेता, कार्यकर्ता अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
आइतवार काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय समितिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले चुनावको परिणाम स्वीकार गरेर अघि बढ्न आफू तयार रहेको बताए ।
निवर्तमान अध्यक्ष राणाले पार्टीको लक्ष्य प्राप्तिका लागि सशक्त ढङ्गले अघि बढ्न पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...