कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पारित गरिर्यो तीन वटा प्रतिवेदन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पारित गरिर्यो तीन वटा प्रतिवेदन

नयाँ विकल्प,

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन वटा प्रतिवेदन प्रस्ताव पारित गरेको छ । यस्तै बैठकले एउटा अनुमोदनसम्बन्धी प्रस्ताव पारित गरेको छ

बिहीवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले साङ्गठनिक प्रतिवेदन, लेखासम्बन्धी प्रतिवेदन र पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकालको बीचमा गरेका कार्यहरु सम्बन्धी तीन वटा प्रतिवेदन र एउटा अनुमोदनसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । त्यो प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको र पारित प्रस्ताव केन्द्रीय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत हुने प्रवक्ता शर्माले बताए ।

त्यस्तै बैठकमा कोषाध्यक्षको तर्फबाट प्रस्तुत लेखासम्बन्धी प्रतिवेदन पेस भएको थियो । अहिले पार्टीसँग १० करोड रुपैयाँभन्दा माथि मौज्दात रकम रहेको लेखा समितिको प्रतिवेदनमा उल्लेख गरिएको पनि बताए।

प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिबाट पारित सबै प्रतिवेदन पार्टीको १४ औँ महाधिवेशनको बन्द सत्रमा प्रस्तुत हुने बताए। त्यस्तै बैठकमा पेस भएको अनुमोदनसम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पास भएको र बन्द सत्रमा जान मार्ग प्रशस्त भएको बताए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २३, २०: २८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर २३, २०: २८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २३, २०: २८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...