एमालेले तोक्यो सात वटै प्रदेशमा इन्चार्ज – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एमालेले तोक्यो सात वटै प्रदेशमा इन्चार्ज

नयाँ विकल्प,

काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटी बैठकले सातै प्रदेशका इन्चार्ज तोकेका छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी देवराज घिमिरेलाई दिएको छ । यस्तै प्रदेश २ को जिम्मेवारी रघुवीर महासेठले पाएका छन् भने वागमतीमा काशीनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज भएका छन् ।
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ । त्यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी खगराज अधिकारी र स्कुलमा विभागको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन् । एमालेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ भएका छन् । युवा नेता योगेश भट्टराईले स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारीमा पुगेका छन् ।

त्यसैगरी ईश्वर पोखरेल नीति अनुसन्धान प्रतिष्ठान,युवराज ज्ञवाली स्थानीय तह प्रदेश र संघ, अष्टलक्ष्मी शाक्य राजनीतिक समन्वय,रामबहादुर थापा बादल राष्ट्रिय सुरक्षा,विष्णु पौडेल पार्टी संगठन अनुगमन, सुवास नेम्वाङ संसदीय अनुगमन, सुरेन्द्र पाण्डे राजकीय मामिला र विष्णु रिमालले आर्थिक लेखाकोे जिम्मेवारी पाएका छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २६, २२: ५७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर २६, २२: ५७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २६, २२: ५७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...