राप्रपालाई रिमोट कन्ट्रोलबाट चलाउने निर्मल निवासको योजना बारे बहस गर्न नेता कमल थापाको आग्रह – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राप्रपालाई रिमोट कन्ट्रोलबाट चलाउने निर्मल निवासको योजना बारे बहस गर्न नेता कमल थापाको आग्रह

नयाँ विकल्प,

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै भर्खरै भएको महाधिवेशनमा हस्तक्षेप भएको भन्दै त्यसबारे छानबिन गर्न निष्पक्ष समिति बनाउन आग्रह गरेका छन् । सोमवार लिङ्देनलाई पत्र लेख्दै थापाले भविष्यमा हस्तक्षेप नहुने बाताबरण सुनिश्चित गर्न समेत आग्रह गरेका छन् ।

, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न निष्पक्ष समिति बनाउन । हस्तक्षेपको भत्सर्ना गर्न। भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्न । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्न। यसो गर्न सकेको खण्डको पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ ।’ पत्र थापाले उल्लेख गरेका छन् ।

नेता थापाले आफू पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिबद्ध रहेको र पार्टीमा आफ्नो रगत, पसिना बगेको बताएका छन्।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २७, २०: ३६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर २७, २०: ३६

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २७, २०: ३६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...