
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि मतदान भइरहेको छ । दोस्रो चरणको मतदानको गणना आज राति नै सुरु गरेर मध्यरातिसम्म मत परिणाम सार्वजनिक गर्ने गरिनेछ ।
महाधिवेशनमा चार हजार सात सय ४३ जना प्रतिनिधि रहेकामा हिजो सोमवार पहिलो चरणमा चार हजार ६ सय ७९ मत खसेको थियो ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका उम्मेदवारहरु शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको हो ।
बाँकी तीनै जना उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई समर्थन गरेका छन् । उम्मेदवारहरुको समर्थनअनुसार प्रतिनिधिहरुले मत हालेमा सभापति पदमा देउवाको जित निश्चित जस्तै छ ।
अहिलेसम्म तीन हजार जनाभन्दा धेरैले मतदान गरेका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...