कांग्रेस अधिवेशन र एमालेको ओलीवेशनबीचको फरक यस्तो छ: गगन थापा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कांग्रेस अधिवेशन र एमालेको ओलीवेशनबीचको फरक यस्तो छ: गगन थापा

नयाँ विकल्प,

काठमाडौं । – नेपाली कांग्रेस नेता गगनकुमार थापाले नेकपा एमालेको अधिवेशन र नेपाली कांग्रेसको १४ औँ महाधिवेशन फरक भएको बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले बुधवार आयोजना गरेको कार्यक्रममा ओलीवेशन अर्थात अधिवेशन र कांग्रेसको अधिवेशन फरक भएको नेता थापाले जिकीर गरे ।
कार्यक्रममा बोल्दै नेता थापाले एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढेको र कांग्रेसको अधिवेशनमा स्वयम् प्रधानमन्त्री नै रातभर बसेर मतदातालाई हात जोडेको दृश्यले अधिवेशनको बारे स्पष्ट परेको बताए ।

‘हिजो करिब–करिब सम्माननीय प्रधानमन्त्रीज्यू चुनावको प्रारम्भदेखि अन्तिम मत हाल्ने बेलासम्म त्यस्तो चिसो स्याँठ चलेको बेलामा पहिला कोट, कोटमाथि ओभरकोट थपेर भए पनि पाँच घण्टा लाइन लागेर बस्नुभयो । एक–एक मतदातालाई हात जोड्नुभयो । सेल्फी खिच्नुभयो । यस्तै अधिवेशन केही समयअघि नारायणीको किनारमा पनि भएको थियो । पूर्वप्रधानमन्त्री त्यो बेलामा सानले एउटा रिसोर्टमा बस्नुभएको थियो । अरू सबै नारायणी किनारमा घाममा सेकिएर बसेका थिए । कतिखेर निस्कनुभयो, बगलीबाट एउटा लिस्ट निकाल्नुभयो, पढ्नुभयो, सुनाइदिनुभयो, अधिवेशन सकियो । तर हाम्रो अधिवेशनको फरक बहालवाला प्रधानमन्त्री पनि सडकमा आउनुपर्‍यो, हात जोड्नुपर्‍यो, मत माग्नुपर्‍यो । त्यो मैले भन्ने गरेको ओलीवेशन र अधिवेशनको फरक यही नै हो ।’ उनले भने,


नेता थापाले सभापति देउवाले अब नेपाली कांग्रेस पार्टीलाई गुटरहित बनाएर सही दिशा लैजानुपर्ने बताए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २९, २०: ४०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर २९, २०: ४०

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २९, २०: ४०

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...