मतगणना सानेपामा शुरू तीन सहमहामन्त्रीमा देउवा प्यानलको अग्रता – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मतगणना सानेपामा शुरू तीन सहमहामन्त्रीमा देउवा प्यानलको अग्रता


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणना सानेपामा शुरू भएको छ । आदिवासी जनजाति तर्फको सह–महामन्त्रीको ८९९ मत गनिसक्दा विकास लामाले ३५७ मत तथा भीष्मराज आङ्देम्बेले ५१८ मत प्राप्त गरेका छन् ।

लामा शेखर कोइराला प्यानलबाट उम्मेदवार भएका थिए भने आङ्देम्बेलाई देउवा प्यानलले अगाडि सारेको थियो । नेपाली कांग्रेसको सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डीना उपाध्यायले अग्रता लिएकी छन् । विहीबार पार्टी कार्यालय सानेपामा १५०४ मत गणना हुँदा उपाध्यायले ८०३ मत ल्याएकी छन् भने कमला पन्तले ६८३ मत पाएकी छन् ।

उपाध्याय शेरबहादुर देउवा प्यानलकी उम्मेदवार हुने भने पन्त शेखर कोइराला प्यानलबाट चुनाव लडेकी थिइन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष १, २१: ०५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष १, २१: ०५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष १, २१: ०५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...