
नयाँ विकल्प,
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आवाज बोल्ने पार्टी माओवादी भएको जिकीर गरेका छन्। प्रतिगमनविरुद्धको आन्दोलनमा पार्टीको भूमिका, परिवर्तनका सवालमा अडान र समानुपातिक समावेशीताका सवालमा प्रष्ट नीतिका कारण जनताको एजेण्डा उठाउने पार्टी माओवादी नै हो भन्ने सन्देश प्रवाह भएको उनको भनाइ छ । शुक्रबार पार्टी निकट नेपाली जनप्रगतिशील मञ्चको अन्तर्राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले देशभित्र र बाहिरसमेत एजेन्डाप्रति माओवादी नै इमान्दार रहेको सन्देश गएको बताए । उनले राष्ट्रिय सम्मेलनबाट पार्टीलाई थप सशक्त बनाएर अघि बढाउन स्पष्ट कार्यदिशासहितको नीति र कार्यक्रम लिएर जाने बताए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...