पर्यटकीय क्षेत्रको विकास गर्ने प्रमुख उद्देश्य रहेको मन्त्री आलेको भनाइ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पर्यटकीय क्षेत्रको विकास गर्ने प्रमुख उद्देश्य रहेको मन्त्री आलेको भनाइ


नयाँ विकल्प,

डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमलगायत देशभरिमा रहेका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् ।

डोटीको जोरायल गाउँपालिका २ बुडरमा आज सोमवार आयोजना गरिएको सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ को समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री आलेले धार्मिक तथा पर्यटकीय क्षेत्रका हिसाबले सुदूरपश्चिममा धेरै सम्भावना भएको र यहाँका पर्यटकीय, धार्मिक क्षेत्रको विकासका लागि अहोरात्र खटिने बताए।

यहाँका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसारका लागि मन्त्रालयले उल्लेख्य मात्रामा लगानी गरेको बताउनुहुँदै मन्त्री आलेले सुदूरपश्चिमका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रहरु खप्तड, रामारोसन, अपिसैपाल, बडीकेदारलगायतका ठाउँमा पर्यटक भित्र्याउनका लागि भौतिक पूर्वाधारसहितका निर्माण कार्य तीव्र रूपमा विस्तार भइरहेको बताए।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष ५, २१: ३७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष ५, २१: ३७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष ५, २१: ३७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...