असमानता र विसङ्गति अन्त्य गर्न राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने अध्यक्ष नेपालको भनाइ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

असमानता र विसङ्गति अन्त्य गर्न राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने अध्यक्ष नेपालको भनाइ


नयाँ विकल्प,

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारलाई निमिट्यान्न नपारेसम्म राजनीतिक दलहरुले नागरिकको मन जित्न नसक्ने बताएका छन् ।

आइतवार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचार निमिट्यान्न पार्नुपर्ने भन्दै परिवर्तन नेपाली नागरिकको हितका लागि हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसङ्गति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताए। उनले राजनीतिक दलहरु शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरा, नागरिकको पीडा र वेदनालाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुन सके मात्र आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट भन्न सकिने बताए।

अध्यक्ष नेपालले नागरिकको विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै काम र व्यवहारलाई नागरिकले अनुभूति गर्ने गरी राजनीतिक दलहरु लाग्नुपर्ने बताए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष ११, २१: १६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष ११, २१: १६

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष ११, २१: १६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...