कांग्रेस महामन्त्री गगन थापा गरे भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

कांग्रेस महामन्त्री गगन थापा गरे भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गरेका छन् ।

सोमवार काठमाडौंमा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले कोरोनाका कारण आमा–बुबा गुमाएका बालबालिकाको शिक्षामा कुनै बाधा नआओस् भन्ने उदेश्यले भरोसा छात्रवृत्ति अभियान सुरु गरेको बताए ।


महामन्त्री थापाले बालबालिकामा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकालाई उचित शिक्षा दिनका लागि अभियानले काम गर्ने बताए । भरोसा छात्रवृत्ति अभियान सात वटै प्रदेशका दुईरदुई वटा जिल्लामा सुरु हुनेछ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७८ पुष १२, २०: ३१

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७८ पुष १२, २०: ३१

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७८ पुष १२, २०: ३१

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...