पेस्तोल बिक्री गर्न नेपाल आएका दुई भारतीय नागरिक परे प्रहरीको फन्दामा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पेस्तोल बिक्री गर्न नेपाल आएका दुई भारतीय नागरिक परे प्रहरीको फन्दामा


नयाँ विकल्प,

सुनसरी – सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बी.एस. होटलबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ का २४ वर्षीय हासिम अन्सारी र बसमतिया ६ का वर्ष ३५ का विद्यानन्द राम रहेका छन् । उनीहरुको साथबाट प्रहरीले दुई थान अटोमेटिक पेस्तोल, तीन राउन्ड गोली र चार थान म्यागजिन बरामद गरेको छ ।

बरामद हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरीले होटलबाट भारतीय नागरिकले प्रयोग गरेको नम्बर प्लेटको सुपर स्पेलेन्डर मोटरसाइकलसमेत बरामद गरेको छ ।

प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले सुराकीका आधारमा होटलमा छापा मार्दा हतियारसहित भारतीय नागरिकलाई पक्राउ गरेको बताए । सोधपुछका क्रममा भारतीय नागरिकले आफूहरु पेस्तोल बिक्री गर्न नेपाल आएको बयान दिएको प्रहरी उपरीक्षक थापाको भनाइ छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष १३, १९: ५७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष १३, १९: ५७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष १३, १९: ५७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...