
नयाँ विकल्प,
काठमाडौं – कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका कारण फ्रान्समा प्रतिबन्धात्मक नियममा थप कडाइ गरिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जाँ कास्टेक्सले कोभिडसम्बन्धी प्रतिबन्धात्मक नियममा थप कडाइ गरिने घोषणा गरेका हुन् ।
नयाँ ओमिक्रोन भेरियन्ट तीव्र गतिले फैलिएको र दैनिक संक्रमितको संख्या एक लाखमाथि पुगेपछि प्रतिबन्धात्मक नियममा थप कडाइ गरिने भएको हो । फ्रान्समा जनवरी ३ गतेदेखि संभव भएको खण्डमा घरमै बसेर काम गर्नुपर्ने छ भने बन्द स्थलमा हुने कार्यक्रममा २ हजार भन्दा बढी मानिस सहभागी हुन पाउने छैनन् ।
नयाँ नियममा खुला स्थलमा हुने जमघटमा ५ हजारभन्दा बढी मानिस सहभागी हुन नपाइने समेत उल्लेख छ । लामो दूरीको यात्रामा खाना र मध्यपान सेवनमाथि प्रतिबन्ध लगाइएको छ भने अर्को सूचना जारी नभइन्जेलसम्मका लागि नाइट क्लब बन्द गरिने भएको छ ।
यसबाहेक, हप्तामा ३ दिन घरमै बसेर काम गर्नु पर्ने र सिटी सेन्टरमा मास्क प्रयोगलाई अनिवार्य गरिएको छ । फ्रान्स सरकारले अन्तिम पटक खोप लगाएको ४ महिनापछि बुस्टर डोज लगाउनु पर्ने अवधिलाई घटाएर ३ महिनामा झारेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...