
नयाँ विकल्प,
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिमाली र उच्च पहाडी जिल्लामा हिमपात तथा तराईमा शीतलहरले मानव जीवनमा जोखिम बढाएकाले तत्काल राहत र उचित प्रबन्ध गर्न सात सय ५३ वटै पालिकालाई निर्देशन दिएको छ । मन्त्रालयले सबै पालिकालाई बुधवार परिपत्र गरेर हिमपात तथा शितलहरबाट जोखिममा परेकाहरूका लागि सहयोग गर्न भनेको हो । परिपत्रमा चिसो मौसममा असहाय तथा विपन्न, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी लगायतका व्यक्तिहरूको सुरक्षाको आवश्यकताअनुसार खाद्यन्न तथा लत्ताकपडा वितरण गर्न, दाउरा तथा कम्बलको भण्डारण गर्न तथा वितरण गर्न भनिएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...