
नयाँ विकल्प,
काठमाडौं – वर्षा र हिउँका कारण बन्द रहेको त्रिभुवन राजपथ सडक खुलेको छ । बुधबार रातिदेखि वर्षा रोकिएपछि बिहीबार बिहानैदेखि सडक खुलाउने प्रयास भएको थियो ।
बुधबार बिहानदेखि सडकमा भएको हिउँ पन्छाएर यातायात सेवा खुलाइएको इलाका प्रहरी कार्यालय पालुङ्गले जनाएको छ । करिव ४८ घण्टापछि सो सडक खण्डमा यातायातका साधनहरु चल्न सुरु भएको हो ।
थाहा नगरपालिकाको सिमभञ्ज्याङ, दामन र अघोर लगायतका स्थानमा परेको हिउँ जेसिबी लगाएर पन्छाएपछि बिहीबार साँझ ५ः३० बजेबाट दुईतर्फी रुपमा यातायात सेवा संचालनमा आएको इलाका प्रहरी कार्यालय पालुङ्गका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...