प्रधानमन्त्री र डा. केसीबीच भएको नौ बुँदे सम्झौताप्रति ओलीको आपत्ति – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रधानमन्त्री र डा. केसीबीच भएको नौ बुँदे सम्झौताप्रति ओलीको आपत्ति

नयाँ विकल्प,

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग नौ बुँदे सम्झौता गरेर विदेशमा विद्यार्थीलाई पठाएर कारोबार चलाउनेहरूलाई साथ दिएको टिप्पणी गरेका छन् ।


शुक्रवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढ्ने सपना बर्बाद पारेको गम्भीर आरोपसमेत लगाए ।

उनले डा.केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौताले विदेशमा पैसा र छोरीछोरी पठाउने कम्पनीलाई फाइदा पुर्‍याएर नसक्नेको जीवन बर्बाद पारिएको तर्क गरे।

उनले स्कुल, कलेज बन्द गर्न त्यो सम्झौता भएको र त्यसबारे बुद्धिजीवीहरू मौन बसेको भन्दै आक्रोश व्यक्त गरे । उनले सरकारकै कारण देशको अर्थतन्त्र ध्वस्त भएको र बैंकमा तरलताको अभाव देखिएको दाबीसमेत गरे ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष १६, २०: २८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष १६, २०: २८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष १६, २०: २८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...