
नयाँ विकल्प,
काठमाडौं । दुबई प्रहरीको सहयोगमा साढे ३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई नेपाल ल्याइएको छ ।
नेपाल प्रहरीले इन्टरपोलसँगको सहकार्यमा उप्रेतीलाई दुवईबाट काठमाडौं ल्याएको हो । नेपालमा मुद्धा भई विदेशमा बसेका नेपालीहरुलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याउने क्रममा उप्रेतीलाई मंगलबार काठमाडौं ल्याएको थियो ।
प्रहरीले दुवईबाट ल्याएको भन्न नचाहेकै कारण उनको पक्राउलाई हाल गोप्य राखिएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर गौशला प्रहरी वृत्तमा राखिएको छ ।
उनलाई बुधबार विराटनगर पठाउने तयारी भएको प्रहरी स्रोतले जनाएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार अभियुक्त हुन् ।
प्रहरीले गोरेलाई पक्राउ गरेपनि उनको भाइलाई भने पक्राउ गर्न सकेको थिएन । साढे ३३ किलो सुन तस्करीका सबै अभियुक्तहरुले सफाई पाएका बेलामा प्रहरीले उनलाई दुबईबाट काठमाडौं ल्याएको हो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...