तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने शिक्षा मन्त्रालयको चेतावनी – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने शिक्षा मन्त्रालयको चेतावनी

नयाँ विकल्प,

काठमाडौं– शिक्षा मन्त्रालयले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ ।

चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै शिक्षा मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो ।

शिक्षा मन्त्रालयले आज विज्ञप्ति निकालेर गैरकानुनी रूपमा विद्यार्थीबाट बढी शुल्क असुल गरेको पाइएमा शिक्षा ऐनअनुसार कारबाही गर्ने उल्लेख छ ।

मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क नबुझाउन आग्रह गरे पनि मेडिकल कलेजहरूले बढी शुल्क नबुझाए परीक्षा दिनै वञ्चित गराउँदै आएका विद्यार्थीहरु बताउँछन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १४ ९क० मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धन खारेजी गर्ने उल्लेख छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७८ पुष २१, २०: ३२

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७८ पुष २१, २०: ३२

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७८ पुष २१, २०: ३२

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...