
नयाँ विकल्प,
काठमाडौं – सरकारले भिजिट भिसामा जानका लागि मापदण्ड तोकेको छ । ओमिक्रोन भेरियन्ट संक्रमणका कारण माघ १० बाट खाडी मुलुकमा भिजिट भिसामा जान रोक लगाएको थियो । गृह मन्त्रालयले सरकारी कामको सिलसिलामा जाने सरकारी प्रतिनिधि र बिरामीको रेखदेखका लागि जानेहरुलाई भ्रमण खुला गरेको छ ।अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुलाई संस्थागत काममा जान रोक नलगाउने निर्णय गरिएको छ । त्यस्तै नेपालमा सामान आयात निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधिहरुहलाई पनि भ्रमण खुल्ला गरिएको छ । खाली राष्ट्रहरु बाहेक कम्तिमा दुईवटा अरु मुलुकमा पर्यटकको रुपमा भ्रमण गरेका व्यक्तिहरुलाई पनि भिजिट भिसामा जान पाउने भएका छन् । वार्षिक न्यूनतम ६ लाख करयोग्य आय भएर ३ लाख रकम बैंक खातामा हुनेहरुलाई पनि भिजिट भिसामा जाने दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार व्यवसायको बजार प्रबर्द्धनको लागी जाने म्यानपावर व्यवसायीहरु पनि भिजिट भिसामा मलेशिया लगायतका खाडी राष्ट्रमा भिजिट भिसा लिएर जान पाउँछन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...