निफ्रासहित सात कम्पनीको उच्च शेयर खरीद माग – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

निफ्रासहित सात कम्पनीको उच्च शेयर खरीद माग

नयाँ विकल्प,

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’सहित सात कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन कारोबारको अन्तिम समयमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, माछापुच्छ्रे बैंक, नेपाल टेलिकम, लुम्बिनी जनरल इन्स्योरेन्स, अरुण भ्याली हाईड्रोपावर, अपी पावर र अरुण काभेली हाईड्रोपावरको शेयरमा उच्च खरीद माग रहेको छ । यस दिन कारोबारमा आएका २३१ कम्पनीमध्ये नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक शेयर खरिद माग रहेको छ । यस दिन बजार बन्द हुने अवधिमा बैंकको ४ लाख ३९ हजार ४४४ कित्ता शेयर खरीद माग रहेको छ । त्यसैगरी नेपाल टेलिकमको २ लाख ६० हजार २१५, लम्बिनी जनरल इन्स्योरेन्सको २ लाख ३९ हजार कित्ता, अरुण भ्यालीको २ लाख २ हजार कित्ता, अपी पावर कम्पनीको २ लाख कित्ता, अरुण काभेलीको शेयरमा १ लाख ९२ हजार ७७२ कित्ता, माछापुच्छ्रे बैंकको १ लाख ९० हजार कित्ता शेयर खरीद माग रहेको छ । यस दिन शेयर बजार १ सय ५ दशमलव ५५ अंक बढेर २ हजार ८८५ दशमलव ५३ विन्दुमा पुगेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ माघ १६, २२: ०८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ माघ १६, २२: ०८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ माघ १६, २२: ०८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...