ताप्लेजुङमा ट्याक्सी दुर्घटना हुँदा ११ जना तीर्थयात्री घाइते – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

ताप्लेजुङमा ट्याक्सी दुर्घटना हुँदा ११ जना तीर्थयात्री घाइते

नयाँ विकल्प,

काठमाडौं – ताप्लेजुङको पाथीभरामा मन्दिरमा पूजा गर्न आउँदै गरेको ट्याक्सी दुर्घटना हुँदा ११ जना तीर्थयात्री घाइते भएका छन् । को १ ज २८४६ नम्बरको ट्याक्सी पाँचथरको फिदिममा दुर्घटना हुँदा तीर्थयात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
तीर्थयात्री इटहरीबाट ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा पूजा गर्न लागि जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्सीमा ११ जना तीर्थयात्री सवार थिए ।
जिल्ला अस्पताल पाँचथरमा ६ जना र समर्पित अस्पतालमा पाँच जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ चैत्र १४, २०: ५४

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर...

एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको आह्वान
एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको आह्वान
  • २०७८ चैत्र १४, २०: ५४

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । घटनानको दुई दिनपछि प्रधानमन्त्री शाहले सामाजिक...

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७८ चैत्र १४, २०: ५४

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...