काठमाडौं । विवादस्पद छवि भएकी र विबादस्पद तथा गैरकानुनी काममा लागेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । आफूमाथि लागेको गम्भीर आरोपहरु झुटो भएको दाबी गरेपनि परराष्ट्र मन्त्रालयले छानबिन गरेपछि उनी दोषी भेटिएकी थिइन । उनले नैतिकताका आधारमा राजीनामा दिएको बताएकी छन् ।
मानव तस्करीको गम्भीर आरोप लागेपछि सरकारले राजदूत शेर्पालाई राजीनामा दिन सुझाव दिएको थियो । त्यसपछि अष्ट्रेलिया पुगेर बन्दोबस्तीमा सामान लिएर आएकी उनले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन ।
आफ्नै गाडीचालकले वाङ्छु शेर्पाले मानव बेचबिखनको आरोप लगाएपछि राजदूत शेर्पा विवादमा परेकी थिइन । त्यसपछि सरकारले उनलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेको थियो । शेर्पाले घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको पछाडि लागेर आफ्नो देशको डिप्लोम्याटलाई मानमर्दन गर्ने परम्पराको थालनी हुनु दुखद भएको दाबी पनि गरेकीछन् ।
शरणार्थी माध्यमबाट पीआर पाउने कुचेष्टाले शेर्पालाई प्रयोग गरिएको उनको दाबी छ । आफू मानव तस्करीविरुद्ध लड्दै आएको स्मरण गराउँदै उनले आफ्नो जीवन खुला किताब जस्तै भएको र सर्बस्व भनेकै इमान्दारिता रहेको दाबी गरेकी छन् । उनले अष्ट्रेलियन सरकारसमक्ष पेश गरेको र आरोप झुठा साबित गर्दै ससम्मान कूटनीतिक रुपमा काम गर्ने हौसला प्रदान गरेको दाबी गरिन ।
काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...